नेपाल टी २० क्रिकेट म्याच फिक्सिङमा १० जनाको संग्लनता
काठमाडाैं | माघ १०, २०७९
काठमाडौं: नेपाल टी २० क्रिकेटमा म्याच फिक्सिङ भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गर्दै टी २० क्रिकेटको म्याच फिक्सिङमा १० जनाको संलग्ना रहेको जनाएको छ।
अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले म्याच फिसिक्सङमा संलग्न १० जनाको नाम खुलाएको छैन। काठमाडौं नाइट्स, विराटनगर सुपर किंस्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नतामा म्याच फिक्सिङ भएको प्रहरी अनुसन्धानले देखाएको छ।
म्याच फिक्सिङमा विदेशी खेलाडीको समेत संलग्नता देखिएको छ। ब्यूरोले फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वक्रिकेटर महबुब आलम र अहिलेका क्रिकेटर आदिम आलमलाई सोमबार पक्राउ गरेको थियो। उनीहरूको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
ब्युरोले आदिललाई राजविराज र महबुबलाई विराटनगरबाट पक्राउ गरेको थियो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

